National life
cg eloctronics

भोटेकोशी बाढी वर्षाका कारण नभएको मौसम विभागको अनुमान, हिमताल फुटेको हुन सक्ने आशंका

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२४ असार २०८२, मङ्गलबार
508Shares
भोटेकोशी बाढी वर्षाका कारण नभएको मौसम विभागको अनुमान, हिमताल फुटेको हुन सक्ने आशंका
ncell

काठमाडौँ । मंगलबार बिहान तिब्बत क्षेत्रबाट एक्कासि ठूलो बाढी भोटेकोशी नदीमा प्रवेश गरेको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। विभागले सार्वजनिक गरेको प्रारम्भिक अध्ययन प्रतिवेदनअनुसार उक्त बाढी सम्भवतः हिमताल फुटेर आएको हुनसक्ने अनुमान गरिएको छ।

रसुवागढी नाकाबाट केही तल रहेको रसुवा–टिमुरेस्थित जलविद्युत् आयोजनाको स्वचालित जलमापन केन्द्रमा बिहान ३ः१० बजे जलसतह अचानक करिब ३.५ मिटरले बढेको देखिएको छ। त्यसपछि करिब १३ किलोमिटर तल स्याप्रुबेसी केन्द्रमा ३ः३० बजे जलसतह ५.३७ मिटर पुगेको र तुरुन्तै तथ्यांक सम्प्रेषण बन्द भएको विभागले जनाएको छ। गेज रिडरको भनाइअनुसार उक्त केन्द्र बाढीले बगाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

चासोको कुरा के हो भने बाढी आएको क्षेत्र आसपासका मौसमी केन्द्रहरू क्यान्जिङ र धुन्चेमा सोमबार बिहान ९ बजेदेखि मंगलबार बिहान ९ बजेसम्म खासै वर्षा मापन भएको छैन। साथै, ग्लोबल हाइड्रोइस्टिमेटर प्रणालीबाट प्राप्त उपग्रह आधारित वर्षा अनुमानअनुसार पनि उक्त क्षेत्रमा उल्लेख्य वर्षा नभएको पुष्टि भएको छ।

महाशाखाका हाइड्रोलोजिस्ट सौहार्द जोशीले भोटेकोशी जलाधार क्षेत्रमा भारी वर्षा नभएको स्पष्ट गर्दै, “यो बाढी वर्षा होइन, सम्भवतः हिमताल फुटेको कारण आएको हो,” भने। थप पुष्टि गर्नका लागि सेन्टिनेल एसिया प्लेटफर्ममा आपतकालीन उपग्रह तस्बिर माग गरिएको पनि उनले बताए।

महाशाखाले त्रिशूली नदीको रसुवागढीदेखि धादिङको बेनिघाटसम्मका नदी तटीय क्षेत्रमा अर्को सूचना नआएसम्म सतर्क रहन आग्रह गरेको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
508SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?