काठमाडौँ । नेपाली प्रतिभा अहना गुरुङले कतारमा आयोजित भ्वाइस अफ कतार प्रतियोगितामा फस्ट रनर-अप पुरस्कार प्राप्त गरेकी छिन् । उनले बेस्ट पर्फर्मर अवार्ड पनि हासिल गरेकी हुन् ।
प्रतियोगितामा करिब ४०० जना सहभागी थिए । तीमध्येबाट ८० जना क्वार्टरफाइनल, ३० जना सेमिफाइनल र अन्ततः १० जना फाइनलमा पुगेका थिए । फाइनलमा अहनाको प्रस्तुति उत्कृष्ट मानिएको हो ।
प्रतियोगिताको निर्णायक मण्डलीमा बलिवुडकी गायिका मधुश्री र म्युजिक डाइरेक्टर रवि बादल थिए। अहनाले यसअघि लोकप्रिय नेपाली गीत “नेपालकी छोरी बोल” मा पनि स्वर दिइसकेकी छिन् ।






































