काठमाडौँ । मन्जुश्री फाइनान्स लिमिटेडले आफ्नो केन्द्रीय कार्यालय कामनपा–११, थापाथलीमा सारेको छ । नयाँ कार्यालय भवनको उद्घाटन संस्थाका सञ्चालक समितिका अध्यक्ष सुमन प्रसाद अधिकारीले गरेका हुन् ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत तेज राज तिमिल्सिनाले ग्राहकको विश्वास र साथमा फाइनान्स निरन्तर अघि बढिरहेको उल्लेख गर्दै आगामी दिनमा अझ परिस्कृत र उत्कृष्ट सेवा दिने प्रतिबद्धता व्यक्त गरे ।
यसअघि नयाँ वानेश्वरमा रहेको फाइनान्सको केन्द्रीय कार्यालयबाट कर्पोरेट अफिस मात्र स्थानान्तरण गरिएको हो । पुरानो शाखा कार्यालय भने नयाँ वानेश्वरमै यथावत् रहने छ ।
हालसम्म करिब २३.५ अर्ब रुपैयाँ निक्षेप संकलन र करिब १९ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको मन्जुश्री फाइनान्सले आकर्षक ब्याजदरमा निक्षेप र सुलभ दरमा कर्जा प्रवाह गर्दै आएको जनाएको छ । संस्थाले २७ शाखा र एउटा विस्तारित काउन्टरमार्फत करिब १ लाख ५० हजार ग्राहकलाई बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।






































