National life

मर्जर र एफपीओमा कर असुल्ने निर्णयविरुद्धका सबै रिट खारेज, ४० अर्ब कर तिर्नै पर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ मंसिर २०८०, बिहिबार
404Shares
मर्जर र एफपीओमा कर असुल्ने निर्णयविरुद्धका सबै रिट खारेज, ४० अर्ब कर तिर्नै पर्ने
ncell

काठमाडौं । बैंक तथा बीमा कम्पनीहरुले एफपीओको प्रिमियम र मर्जरबाट भएको आम्दानीको कर तिर्नु पर्ने भएको छ ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीशहरु आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल, सुष्मालता माथेमा कुमार रेग्मीको संवैधानिक इजलासले मर्जर तथा एफपीओमा कर असुल्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च पुगेका बैंक र बीमा कम्पनीले दायर गरेका सबै रिट खारेज गर्दै सरकारको निर्णयलाई सदर गरिदिएपछि वादीहरु करको थप भारमा परेका हुन् ।

उक्त रिट सर्वोच्चको संवैधानिक इजलासले खारेज गरेसँगै एफपीओको प्रिमियम र मर्जरबाट भएको आम्दानीको कर तिर्नु पर्ने भएको हो ।

शुक्रबार(भोलि) बैंक र बिमा कम्पनीले करवापतको रकम तिर्ने भएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
भोलि रकम नतिरेको खण्डमा व्याज हर्जना र जरिवानासमेत तिर्नुपर्ने छ ।

मर्जर र एफपीओमा कर असुल्ने सरकारको निर्णयविरुद्ध परमादेशको माग गर्दै बैंक र बीमकहरु सर्वोच्च पुगेका थिए । बैंकतर्फको अगुवाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड दरबारमार्गले गरेको थियो भने बीमकको अगुवाई शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले गरेको थियो ।

 

 

यो समाचार शेयर गर्नुहोस्
404SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?