National life

माघ लागेसँगै नेप्सेमा सुधारः ७ कम्पनीको शेयरमा हरियाली, कारोबार कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ माघ २०८१, बुधबार
1KShares
माघ लागेसँगै नेप्सेमा सुधारः ७ कम्पनीको शेयरमा हरियाली, कारोबार कति ?
ncell

काठमाडौँ। माघ महिनाको पहिलो कारोबारका दिन आज नेप्सेमा सुधार देखिएको छ । यस अगाडि लगातार दुई दिन गिरावट आएको बजारमा आज सुधार देखिएको हो ।

यस दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.८३ अकंले बढेर २५९५.९६ बिन्दुमा कायम भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आज २९९ कम्पनीको १ करोड ७ लाख ४५ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८२ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

साथै, आज ७ कम्पनीको शेयरमा हरियाली आएको छ। आज विकास बैंकको १.०८ प्रतिशत, होटल तथा पर्यटन समूहको १.६३ प्रतिशत, हाइड्रोपावर समूहको १.७६ प्रतिशतले शेयर मूल्य बढेको छ ।

निरन्तर घटेका ब्याजदर र बैंकिङ प्रणालीमा रहेको अधिक तरलताले बजारमा विस्तारै सकारात्मक प्रभाव देखिने विश्लेषणहरु भइरहेका छन् ।

यता, बैंकहरुले भने माघका लागि पनि ब्याजदर बढाएका छैनन्। यस आधारमा समग्रमा ब्याजदर निकै सस्तो छ। तर कर्जा प्रवाह बढ्न सकेको छैन। अन्य कर्जाको तुलनामा सेयर कर्जा लिनेहरू भने राम्रोसँग बढेको तथ्यांकले देखाएको छ ।

ठूला लगानीकर्ताले सेयर धितो कर्जा बढी मात्रामा लिएको पाइन्छ । ठूला लगानीकर्ता अर्थात् १ करोड रुपैयाँभन्दा बढीको कर्जा करिब ४९ प्रतिशतले बढेको छ । यस दिन २ सय ९९ कम्पनीको १ करोड ७ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ।

आज सबैभन्दा बढी एनआरएन इन्फ्रस्ट्रक्चरको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३२ करोड ४९ लाख ४४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, सुपरमादी हाइड्रोपावरको ३० करोड ६६ लाख १५ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

सिन्धु विकास बैंकको १९ करोड ८४ लाख ७३ हजार रुपैंया, पिपुल्स हाइड्रोपावरको १८ करोड ४ लाख ९५ हजार रुपैयाँ, रिभरफल्स पावरको १७ करोडको कारोबार भएको हो ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?