काठमाडौँ । मानार्थ वाणिज्यदूत प्रदीप कुमार श्रेष्ठले नेपालका लागि दक्षिण अफ्रिकी राज्यका लागि नवनियुक्त राजदूतलाई स्वागत गरेका छन् ।
नेपालको तर्फबाट दक्षिण अफ्रिकी राज्यको लागि नियुक्त मानार्थ वाणिज्यदूत प्रदिप कुमार श्रेष्ठले मंगलबार ललितपुरमा रहेको वाणिज्यदूत कार्यालयमा दक्षिण अफ्रिकी गणतन्त्रात्मक राज्यका नवनियुक्त राजदूत महामहिम प्राध्यापक अनिल सुकलाल र उनकी श्रीमती डा. निलिस्त्र सुकलाल सिंहलाई स्वागत गरेका हुन् ।
सो भ्रमणको क्रममा, राजदूत र मानार्थ वाणिज्यदूतले द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्दै दुई देशबीच व्यापारिक अवसरहरूको खोजी गर्ने बारेमा छलफल सम्पन्न गरेका थिए । त्यस्तै, दुईबीच नेपाल र दक्षिण अफ्रिकाबीच उच्चस्तरीय प्रतिनिधिमण्डल सहितको भेटघाट तथा अनुभव आदानप्रदानको विषयमा समेत छलफल भएको थियो ।






































