काठमाडौँ। आगामी चैत १० गते आइतबारका लागि मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले छैटौँ वार्षिक साधारण सभा बोलाएको छ।
फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले भक्तपुरको जगातस्थित होटल भ्यू भक्तपुरमा बिहान साढे १० बजे सभा बस्ने निर्णय गरेको हो।
सभामा कुनै पनि लघुवित्तसँग मर्जरका लागि आवश्यक सबै काम गर्न र प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पेश गरिने भएको छ।
साथै गत आवको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखा परीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउने छ।
सभा प्रयोजनार्थ कम्पनीले फागुन २५ गते बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन २३ गतेसम्म कायम सेयर धनी मात्र सभामा भाग लिन सक्नेछन् ।


































