काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीबाट निष्काशित डा.मुकुल ढकालले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।
न्यायाधीश कुमार रेग्मीको इजलासले ढकालको निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेको हो । सर्वोच्चले असार १७ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।
ढकालले आफूलाई रास्वपाको महामन्त्रीमा कायम राख्नुपर्ने र महामन्त्रीको रूपमा पार्टीमा काम गर्न पाउनुपर्ने माग गर्दै रिट दायर गरेका थिए ।
तर, रास्वपाले ढकाललाई अनुशासन विपरीत अभद्र, अशोभनीय, अमर्यादित हर्कत गरेको भन्दै २०८१ भदौ ११ गते साधारण सदस्य समेत नरहने गरी निष्काशिन गरेको थियो ।






































