National life

मुलुकको अर्थतन्त्र चलायमान बनाउने खालको मौद्रिक नीति ल्याउन उद्योग परिसङ्घकाे आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१८ असार २०८०, सोमबार
978Shares
मुलुकको अर्थतन्त्र चलायमान बनाउने खालको मौद्रिक नीति ल्याउन उद्योग परिसङ्घकाे आग्रह
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकलाई अर्थतन्त्र चलायमान बनाउने खालको मौद्रिक नीति ल्याउन आग्रह गरेको छ । नेपाल उद्योग परिसङ्घले मुलुकको अर्थतन्त्र चलायमान बनाउने खालको मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई आग्रह गरेको हाे ।

आइतबार परिसङ्घको नवनिर्वाचित पदाधिकारीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेका छन् । साेही क्रममा पदाधिकारीले निजी क्षेत्रको मनोबल उच्च बनाउने र अर्थतन्त्र चलायमान बनाउने खालको मौद्रिक नीति ल्याउन आग्रह गरेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

परिसङ्घका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवालले समग्र मागमा कमी आउँदा निजी क्षेत्रको मनोबल घटेको बताए । त्यस्तै उनले उद्योगीहरूले चालु पूँजी कर्जाका विभिन्न प्रावधानका कारण कर्जा लिन नसकेकाे पनि बताए ।

उनले भने, ‘पहिले तरलताको अभाव हुँदा लगानी विस्तार गर्ने योजना उद्योगीहरूले स्थगित गरेको थिए, अहिले तरलता भएता पनि कर्जाको उच्च ब्याज तथा चालु पूँजी कर्जाका विभिन्न प्रावधानका कारणले कर्जा लिन सकेका छैनन् ।’

उनले आगामी आवमा सरकारले राखेको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न, निजी क्षेत्रको मनोबल बढाउन तथा अर्थतन्त्रलाई चलायमान बनाउन खुकुलो मौद्रिक नीतिको अपेक्षा निजी क्षेत्रले गरेको बताए ।

भेटका क्रममा गभर्नर अधिकारीले परिसङ्घको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिए । उनले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन राष्ट्र बैंक लाग्ने पनि बताए ।

यो समाचार शेयर गर्नुहोस्
978SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?