National life

मौद्रिक नीतिको समीक्षा स्वागतयोग्य, राष्ट्र बैंकले निर्णायक कदम चाल्ने सिबिफिनको विश्वास

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|१५ फागुन २०८२, शुक्रबार
794Shares
मौद्रिक नीतिको समीक्षा स्वागतयोग्य, राष्ट्र बैंकले निर्णायक कदम चाल्ने सिबिफिनको विश्वास
ncell

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपाल राष्ट्र बैंकद्वारा जारी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको दोस्रो त्रैमासिक (अर्धवार्षिक) समीक्षा स्वागतयोग्य भएको जनाएको छ।

सिबिफिनका अनुसार, अवलम्बन गरिएका नीतिगत कदमहरू सावधानीपूर्ण, मापनयोग्य र स्थिरतामुखी भएको र यसले वित्तीय स्थिरतालाई थप मजबुत बनाउने संकेत गरेको छ। विश्वका उदीयमान अर्थतन्त्रमा देखिएको सुधारको ढाँचासँग मेल खाने गरी मौलिक नीतिगत मापदण्डहरू कायम राख्दै आवश्यक संरचनात्मक सुधार अघि बढाइएको मूल्याङ्कन गरिएको छ।

समीक्षामा क्षेत्रगत कर्जा विस्तार, लघु, घरेलु तथा साना उद्यमका लागि कर्जा प्रोत्साहन, कार्यशील पूँजीको नगद प्रवाह अनुसार मूल्याङ्कन, लक्षित पुनर्संरचना सुविधा, विदेशी विनिमय जोखिमको सीमा वृद्धि र कालोसूची व्यवस्थामा लचकता जस्ता उपायहरूले कर्जा र लगानीको प्रवाह सहज बनाउने अपेक्षा गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यसैगरी, उत्पादन, निर्यात र रोजगार सिर्जना गर्ने क्षेत्रहरूमा लगानी बढाउन, आर्थिक क्रियाकलापलाई प्रोत्साहन गर्न, वित्तीय बजार विकास र बैंकिङ क्षेत्रको क्रमिक आधुनिकीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

साथै, डिजिटल पूर्वाधार र विद्युतीय भुक्तानी प्रणालीमा लगानी प्रोत्साहनका कदमले नेपालको वित्तीय प्रणालीलाई विश्वव्यापी आधुनिकीकरणसँग अनुकूल बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने सिबिफिनले उल्लेख गरेको छ।

अल्पकालीन तरलता व्यवस्थापन र दीर्घकालीन संरचनात्मक सुधारबीच सन्तुलन कायम गर्दै सुधारात्मक पहलहरू कार्यान्वयन गरेमा संस्थागत सुशासन, जोखिम व्यवस्थापन र विश्लेषणात्मक क्षमता अभिवृद्धि हुने र यसले समग्र बैंकिङ क्षेत्र र अर्थतन्त्रको दिगो विकासमा सहयोग पुग्ने विश्वास सिबिफिनले व्यक्त गरेको छ।

त्यस्तै, बैंक तथा गैरबैंकिङ सम्पत्ति, तरलता व्यवस्थापनलगायत चुनौती समाधानका लागि सरोकारवाला पक्षहरूसँग छलफल गर्दै राष्ट्र बैंकले निर्णायक कदम चाल्नेमा विश्वास रहेको पनि सिबिफिनले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
794SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?