National life

यस्तो छ बीमाको इतिहास,प्राधिकरणका अध्यक्ष सिलवाल भन्छन् : बीमाको भविष्य उज्वल छ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ जेठ २०८१, मङ्गलबार
652Shares
यस्तो छ बीमाको इतिहास,प्राधिकरणका अध्यक्ष सिलवाल भन्छन् : बीमाको भविष्य उज्वल छ
ncell

काठमाडौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले आर्थिक भ्वाईससँगको कुराकानीमा बीमा प्राधिकरणले बीमा क्षेत्रको माध्यमबाट वर्षौनी धेरै नागरिकहरुको आर्थिक रक्षावरणमा सघाउँदै आएको बताएका छन् । अध्यक्ष सिलवालले बीमा क्षेत्र अन्य क्षेत्र भन्दा पृथक रहेको र नेपाली समाजमा पनि बीमाको अपरिहार्यताको बारेमा छर्लङ्ग हुँदै गएको बताएका हुन्। उनले पछिलो समय नेपाल बीमा प्राधिकरणले राजधानीमा मात्रै केन्द्रित रहेको बीमा प्राधिकरणको कार्यालयहरु समेत सातै प्रदेशमा बिस्तार गरिएको र त्यसबाट समेत आम नागरिकहरुलाई बीमा सेवा लिन थप सहजता मिलेको स्पष्ट पारेका छन् ।

सिलावलले बीमा भनेको दु:खको साथी भएको र यसले बचत तथा रक्षावरण दुबैमा सघाउँने बताए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनले बीमा गर्दा थोरै रकम तिरे पनि बीमितहरुको अफ्ठयारोमा मोटो रकम पाइने भएकाले पनि विश्वव्यापारी रुपमा बीमा पेशा अन्य भन्दा भिन्न रहेको बताए । उनले बीमालाई एकातिर व्यवसायी र अर्कातिर सेवाको हिसाबले संचालन गरिने भएकाले यो जनताहरुमा सधै प्रिय बन्ने उनको बुझाई छ । साथै, उनले अगामी दिन नेपाली बीमा क्षेत्रको लागि उज्वल रहेकोमा पनि जोड दिए ।

आज नेपाल बीमा प्राधिकरणले आफ्नो ५६ औं वार्षिकोत्सव पनि मनाउँदै छ ।

यस्तो छ नेपालमा बीमाको इतिहास

नेपालमा राणाकाल र सो भन्दा अगाडीका अवधिमा अनौपचारिक तथा सामूहिक कोषमा जोखिम धारण हुने किसिमले बीमा गर्ने प्रचलन थियो । राणाकालमा ब्रिटिस तथा भारतिय बीमकद्धारा नेपाली बीमा बजार माथि नियन्त्रण हुँदै आएको थियो ।

सर्वप्रथम वि.स. २००४ सालमा नेपाल इन्स्योरेन्स कम्पनीको स्थापना भएको भयो । सोही कारण नेपाल इन्स्योरेन्स नेपाली बीमा बजारमा जेठो कम्पनीको रुपमा आफ्ना पहिचान स्थापित गर्न सफल छ । त्यस्तै, वि.स.२०२४ सालमा राष्ट्रिय बीमा संस्थानको स्थापना भएको हो ।

बीमा कम्पनीहरुको स्थापना भएपछि बीमा ऐन आएको थियो । बीमा ऐन वि.स. २०२५ सालमा जारी भएको हो । बीमा ऐन जारी भए पश्चात वि.स. २०२६ सालमा तत्कालिन बीमा समितिको स्थापना भएको पाईन्छ । हाल उक्त बीमा समिति नेपाल बीमा प्राधिकरणमा रुपान्तरण भइसकेको छ ।

वि.स. २०२९ सालमा राष्ट्रिय बीमा संस्थानद्धारा जीवन बीमाको प्रारम्भ भएको नेपाली बीमाको इतिहासमा भेटिन्छ । त्यसरी नेपाली बजारमा बीमा फस्टाउँदै गए पछि भारतीय जीवन बीमा कम्पनीबाट हुँदै आएको कारोबार वि.स. २०३२ सालबाट बन्द हुन पुग्यो । वि.स. २०४४ सालमा निजी क्षेत्रको पहिलो बीमा कम्पनीको स्थापना भएको हो ।

यस्तै, वि.स.२०४६ सालमा निजी क्षेत्रको तर्फबाट पहिलो पटक जीवन बीमा व्यवसायको प्रारम्भ गरिएको हो । वि.स. २०४९ सालमा बीमा ऐन २०४९ मार्फत बीमा समिति स्वायत्त संस्थामा परिणत भएको थियो । वि.स. २०५० सालमा निजी क्षेत्रका बीमा कम्पनीहरुको स्थापना प्रारम्भ भएको हो । वि.स. २०६० सालमा स्थापित आकस्मिक बीमा कोषलाई २०७१ सालमा नेपाल पुनर्बीमा कम्पनीको रुपमा रुपान्तरण गरिएको हो ।

यस्तै, निजी तर्फको बीमा कम्पनी मध्ये जीवन तर्फ १६ वटा निर्जीवन बीमा तर्फ १६ वटा गरी कुल ३२ वटा कम्पनीहरु रहेका थिए । हाल उक्त कम्पनीहरु मर्जरमा गएर १४ जीवन तथा १४ निर्जीवन बीमा कम्पनीहरुको रुपमा स्थापित भएका छन् ।

२ वटा पुनर्बीमा कम्पनी हिमालयन पुनर्बीमा र नेपाल पुनर्बीमा गरी निजी तथा सरकारी क्षेत्रबाट संचलानमा रहेमा छन् । त्यस्तै,सातै प्रदेशमा रहेका स-साना बीमा योजनामा पनि विपन्न वर्ग तथा आय स्तर कम भएका नागरिकहरुलाई समेटने गरी सात वटा लघु बीमा कम्पनीहरु चालु आर्थिक वर्षबाटै लाइसेन्स लिएर संचालनमा रहेका छन् । नेपालमा हाल संचालनमा रहेका जीवन बीमा तथा निर्जीवन बीमा कम्पनीलाई बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणले नियमन गर्दै आएको छ । चालु आर्थिक वर्षमा बीमाको पहुँच ५० प्रतिशत हाराहारी पुर्याउने आँकडा नेपाल बीमा प्राधिकरणले प्रस्तुत गर्दै आएको छ ।

यो समाचार शेयर गर्नुहोस्
652SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?