काठमाडौँ । प्रहरीले विशेष सुराकीको आधारमा करिब २५ करोड बोकेको ट्रक समातिएको जनाएको छ ।
आज (मंगलबार) ट्रक समातिएपछि गरेको पत्रकार सम्मेलनमा प्रहरीले विशेष सुराकीको आधारमा गरिएको अपरेसन रहेको जानकारी दिएको हो।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले टोखा नगरपालिका–१ झोर क्षेत्रबाट उक्त रकमसहित गए राति एक जनालाई पक्राउ गरेको थियो । प्रहरीका अनुसार ट्रक कुसाङ लामाले चलाएका थिए ।
विदेशी मुद्रा लिएर केरुङ नाका हुँदै उनी चीनतर्फ सुन किन्न हिँडेको अनुसन्धानमा संलग्न अधिकृतहरूको भनाई छ । यद्यपि यस विषयमा थप अनुसन्धान हुन बाकी रहेको प्रहरीको भनाई छ ।
४३ वर्षका कुसाङ यसअघि पनि सुन तस्करी गरेको आरोपमा पक्राउ परेका थिए ।२०७३ पुस १३ मा अपराध महाशाखा ९हाल उपत्यका अपराध अनुसन्धान कार्यालय० ले उनलाई पक्राउ गरेको थियो ।
५ वर्ष जेल बसेर लामा २०७८ मा रिहा भएका हुन् । त्यस बेला उनी ७ केजी सुनसहित पक्राउ परेको एसएसपी बस्नेतले बताए ।



































