National life

यात्रुलाई दुख दिने र विभिन्न क्षेत्रमा यातायात बन्द गराउँदै हिँडेन १५ जना प्रहरी नियन्त्रणमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ जेठ २०८२, सोमबार
530Shares
यात्रुलाई दुख दिने र विभिन्न क्षेत्रमा यातायात बन्द गराउँदै हिँडेन १५ जना प्रहरी नियन्त्रणमा
ncell

काठमाडौँ । काठमाडौँ उपत्यका सहित देशभरका विभिन्न क्षेत्रमा यातायात बन्द गराउँदै हिँडेन १५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको आह्वानमा आजदेखि देशभर अनिश्चित कालिन यातायात बन्दको घोषणा गरिएको हो। देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर व्यवसायीहरूले आन्दोलन गरेका हुन् ।

काठमाडौँ उपत्यकालगायत विभिन्न स्थानमा गाडी रोकटोक गर्ने र यात्रुलाई समेत दुख दिएको आरोपमा प्रहरीले १५ जना भन्दा बढीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनीहरूमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ।

उपत्यकामा भने सशस्त्र प्रहरी र नेपाल प्रहरीले निस्शुल्क बस सेवा सञ्चालन गरेको छ।

उपत्यकामा साझा बसले समेत न्यून मात्रामा सेवा दिएको छ । यातायात व्यवसायीले गाडी नचलाएर बन्द गर्दा देशभरको यातायात सेवा प्रभावित भएको छ।

 

यो समाचार शेयर गर्नुहोस्
530SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?