National life

रवि लामिछाने चौथो पटक अदालत पेश, प्रदर्शनको तयारीमा कार्यकर्ता

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ कात्तिक २०८१, आइतबार
437Shares
रवि लामिछाने चौथो पटक अदालत पेश, प्रदर्शनको तयारीमा कार्यकर्ता
ncell

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज पुनः कास्की अदालत पेश गरिएको छ । लामिछानेलाई पेश गरेको यो चौथो पटक हो ।

अनुसन्धानका लागि अदालतले पछिल्लो पटक दिएको म्याद सकिएपछि आज पुन म्याद थपको लागि अदालत पेस गरिएको हो। लामिछानेसँगै सहकारी ठगी प्रकरणमा हिरासतमै रहेका पूर्व डीआइजी छविलाल जोशी, लीला पछाई र रामकुमार खनाललाई पनि म्याद थपको लागि अदालत पेश गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने कात्तिक २ गते काठमाडौंस्थित पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ परेका हुन् । सोही दिन राति पोखरा लगिए पनि शनिबार परेकाले उनलाई कात्तिक ४ गतेमात्रै अदालतमा उपस्थित गराइएको थियो ।

म्याद थपका लागि पार्टी सभापति लामिछानेलाई अदालत पेश गरेसँगै रास्वपा कार्यकर्ताले पोखरामा प्रदर्शन  गर्ने भएका छन् । जिरोबाट वाइचोक पुगेर सभा आयोजना गर्ने तयारी थालेको रास्वपाको एक नेताले जानकारी दिएका छन् ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
437SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?