National life
cg eloctronics

रवीन्द्र मिश्रलाई ३ लाख धरौटीमा छाड्न जिल्ला अदालतको आदेश

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ असार २०८२, मङ्गलबार
522Shares
रवीन्द्र मिश्रलाई ३ लाख धरौटीमा छाड्न जिल्ला अदालतको आदेश
ncell

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।

अदालतका न्यायाधीश तारादेवी महर्जनको इजलासले मंगलबार उनलाई तीन लाख धरौटीमा छाड्न आदेश दिएको हो ।यसअघि हाजिरी जमानीमा रिहा भएका मिश्र अदालतको सम्पर्कमा थिएनन्। उनी मंगलबार बिहान जिल्ला अदालतमा हाजिर भएका थिए ।

मिश्रविरुद्ध यही जेठ ११ गते राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन माग दाबी गरी मुद्दा दर्ता भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गत चैत १५ गते राजावादीले आयोजना गरेको प्रदर्शन भड्किएर हिंसात्मक बनेको थियो । २ जनाको मृत्यु हुने गरी भएको घटनामा मिश्रले उत्तेजक अभिव्यक्ति दिएका थिए ।

यसअघि सोमबार अदालतले राप्रपाका महामन्त्री धवल शमशेर जबरालाई पनि धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
522SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?