काठमाडौँ । प्रतिनिधि सभाले निजामती कर्मचारीलाई सामाजिक सुरक्षा कोष वा नागरिक लगानी कोषसँग आबद्ध गरी योगदानमा आधारित स्वास्थ्य बीमा योजना लागू गर्ने निर्णय राष्ट्रिय सभाले उल्टाएको छ।
https://aarthikvoice.com/archives/65802
मंगलबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले पास गरेको संघीय निजामती सेवा विधेयकमा स्वास्थ्य बीमासम्बन्धी प्रचलित कानुनअनुसार स्थापना भएको स्वास्थ्य बीमा बोर्डसँग आबद्ध गरी योगदानमा आधारित स्वास्थ्य बीमा योजना लागू गर्ने व्यवस्था उल्लेख गरिएको छ।
सरकारले सुरुमा ल्याएको विधेयकको दफा ५२ मा ‘नेपाल सरकारले निजामती कर्मचारी तथा उनीहरूको परिवारका सदस्यको औषधि उपचारको लागि प्रचलित कानुनअनुसार स्थापना भएको सामाजिक सुरक्षा कोषसँग आबद्ध गरी योगदानमा आधारित स्वास्थ्य बीमा योजना लागू गर्नेछ’ भनिएको थियो।
https://www.youtube.com/watch?v=P7U4DorPI9Q
प्रतिनिधि सभाले यसमा केही संशोधन गर्दै ‘सामाजिक सुरक्षा कोष’ वा ‘नागरिक लगानी कोष’ शब्द प्रयोग गरेको थियो। यसअनुसार विधेयक पास भएको भए निजामती कर्मचारी र उनीहरुको परिवारको औषधि उपचार सामाजिक सुरक्षा कोष वा नागरिक लगानी कोषसँग आबद्ध भएर योजना लागू हुने थियो।
तर, राष्ट्रिय सभाले प्रतिनिधिसभाको निर्णय उल्टाउँदै दफा ५२ मा ‘प्रचलित कानुनअनुसार स्थापना भएको सामाजिक सुरक्षा कोषसँग’ शब्दको सट्टा ‘स्वास्थ्य बीमा सम्बन्धी प्रचलित कानुनअनुसार स्थापना भएको स्वास्थ्य बीमा बोर्डसँग’ शब्द प्रयोग गरेको छ।
नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावसहितको आर्थिक विधेयक २०८२ को दफा २३ ले अवकाश योगदान वापतको रकम हस्तान्तरण सम्बन्धी विशेष व्यवस्था मार्फत सामाजिक सुरक्षा प्रणालीमा ऐतिहासिक परिवर्तन ल्याउने कानुनी र नीतिगत व्यवस्था गरेको थियो।






































