National life

राष्ट्र बैंक १२० अर्ब तरलता संकलन गर्दै, ९७ दिनका लागि निक्षेप उठाइने

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|१७ वैशाख २०८३, बिहिबार
1.4kShares
राष्ट्र बैंक १२० अर्ब तरलता संकलन गर्दै, ९७ दिनका लागि निक्षेप उठाइने
ncell

काठमाडौँ। बैंकिङ प्रणालीमा बढ्दो अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज १२० अर्ब रुपैयाँ बजारबाट उठाउने भएको छ। केन्द्रीय बैंकले अल्पकालीन मौद्रिक उपकरणअन्तर्गत निक्षेप संकलनको माध्यमबाट उक्त रकम ९७ दिनका लागि संकलन गर्न लागेको हो।

राष्ट्र बैंकका अनुसार इच्छुक वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूले आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत बोलकबोल पेश गर्न सक्नेछन्। आवेदनका लागि न्यूनतम १० करोड रुपैयाँ तोकिएको छ भने कुल प्रस्तावित रकम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्नुपर्ने व्यवस्था गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस निक्षेप संकलन कार्यक्रममा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरूले सहभागिता जनाउन पाउनेछन्।

संकलित रकमको साँवा तथा ब्याज आगामी साउन २० गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

केन्द्रीय बैंकले वित्तीय प्रणालीमा तरलताको सन्तुलन कायम राख्दै मौद्रिक स्थायित्व सुनिश्चित गर्न यस्ता उपकरणहरू नियमित रूपमा प्रयोग गर्दै आएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?