National life

रियलस्टेट क्षेत्रमा बैंकहरूको लगानीमा गिरावट : कुन बैंकको कति ? (सूचिसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|१८ चैत २०८२, बुधबार
1.5kShares
रियलस्टेट क्षेत्रमा बैंकहरूको लगानीमा गिरावट : कुन बैंकको कति ? (सूचिसहित)
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकको कसिलो मौद्रिक नीति, बजारमा देखिएको मन्दी तथा बैंकहरूको आन्तरिक जोखिम व्यवस्थापन रणनीतिका कारण वाणिज्य बैंकहरूको घरजग्गा (रियलस्टेट) क्षेत्रमा लगानी उल्लेखनीय रूपमा घटेको देखिएको छ।

राष्ट्र बैंकले रियलस्टेट तथा व्यक्तिगत आवास कर्जामा जोखिम भार बढाएपछि बैंकहरूले यस्तो क्षेत्रमा कर्जा प्रवाह गर्दा बढी पुँजी सुरक्षित राख्नुपर्ने बाध्यता सिर्जना भएको छ। यही कारण बैंकहरू यस क्षेत्रमा लगानी गर्न सावधानी अपनाउँदै आएका छन्, जसले समग्र कर्जा विस्तारमा संकुचन ल्याएको छ।

चालु आर्थिक वर्षको पहिलो सात महिनामा वाणिज्य बैंकहरूले घरजग्गा क्षेत्रमा कुल २ खर्ब १२ अर्ब ६१ करोड ६० लाख रुपैयाँ लगानी गरेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
राष्ट्र बैंकको तथ्यांकअनुसार माघ मसान्तसम्म २० वटा वाणिज्य बैंकमार्फत उक्त परिमाणको कर्जा प्रवाह भएको हो। यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.७४ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा यस्तो लगानी २ खर्ब ३२ अर्ब ९९ करोड ५० लाख रुपैयाँ रहेको थियो।

बैंकगत रूपमा हेर्दा केही बैंकहरूको लगानी बढे पनि अधिकांशको घटेको देखिन्छ। नेपाल बैंक लिमिटेड ले १३ अर्ब ३७ करोड २४ लाख रुपैयाँ घरजग्गामा लगानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १२.५१ प्रतिशतले बढी हो। त्यस्तै, राष्ट्रिय वाणिज्य बैंक को लगानी १.६३ प्रतिशतले घटेर ९ अर्ब ७२ करोड ७३ लाख रुपैयाँमा सीमित भएको छ।

नबिल बैंक को लगानी सबैभन्दा बढी घट्दै ३१.९८ प्रतिशतले कमी आई १६ अर्ब ३० करोड ८२ लाख रुपैयाँमा झरेको छ।अन्य बैंकहरूको अवस्था पनि मिश्रित देखिन्छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ले २४ अर्ब २५ करोड ७४ लाख रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल ले ८ अर्ब ५० करोड ४७ लाख, हिमालयन बैंक ले १० अर्ब ६९ करोड ४७ लाख रुपैयाँ घरजग्गामा लगानी गरेका छन्।

त्यसैगरी, एनआईसी एशिया बैंक को २१ अर्ब २५ करोड २६ लाख, लक्ष्मी सनराइज बैंक को १५ अर्ब ९३ करोड ३४ लाख, प्राइम कमर्सियल बैंक को २० अर्ब ६६ करोड ४८ लाख र प्रभु बैंक को १६ अर्ब ९७ करोड ४२ लाख रुपैयाँ कर्जा प्रवाह रहेको छ।

यस्तै, ग्लोबल आइएमई बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, एनएमबी बैंक, सानिमा बैंक लगायतका बैंकहरूले पनि सीमित परिमाणमा घरजग्गा क्षेत्रमा कर्जा प्रवाह गरेका छन्। समग्रमा, कडा नियामकीय व्यवस्था, उच्च जोखिम भार र आर्थिक सुस्तताले रियलस्टेट क्षेत्रमा बैंकिङ लगानीलाई दबाबमा पारेको देखिन्छ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?