National life
cg eloctronics

रियल सेक्टर विस्तार गर्नु अहिलेको अपरिहार्यता : योजना आयोग सदस्य श्रेष्ठ

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ असार २०८२, शुक्रबार
438Shares
रियल सेक्टर विस्तार गर्नु अहिलेको अपरिहार्यता : योजना आयोग सदस्य श्रेष्ठ
ncell

काठमाडौं । राष्ट्रिय योजना आयोगका सदस्य प्रकाशकुमार श्रेष्ठले रियल सेक्टर विस्तारमैत्री मौद्रिक नीति ल्याउनुपर्ने बताएका छन् । नविल बैंकको सहयोगमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले काठमाडौंमा आयोजना गरेको आर्थिक पत्रकारका लागि दुई दिने एडभान्स बैकिङ तालिम कार्यक्रमको शुक्रबार उद्घाटन समारोहमा बोल्दै डा. श्रेष्ठले आर्थिक समृद्धिका लागि रियल सेक्टर विस्तार अपरिहार्य रहेको बताएका हुन् ।

आर्थिक शिथितलाको असर बैकिङ क्षेत्रमा परिरहेको उनको भनाइ थियो । ‘रियल सेक्टर विस्तार गर्न नसक्दा त्यसको असर बैंकमा पनि देखिन थालेको छ । यसका लागि रियल सेक्टरलाई थप विस्तार गर्नुपर्छ,’ उनले भने ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले कर्जाको माग बढाउने गरी आगमी मौद्रिक नीति ल्याउनुपर्ने बताए । ‘अहिले पनि बैंकहरूका सात खर्ब रुपैयाँ बराबरको कर्जा योग्य रकम रहेको छ । त्यो अवस्था कर्जाको माग बढाउने गरी आगमी मौद्रिक नीति ल्याउनुपर्ने छ,’ उनले बताए । उद्योग क्षेत्रलाई चलायमान बनाउन सकेमा कर्जाको माग स्वतः बढ्ने उनको दाबी थियो ।

हाल नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीति निर्माणको तयारीमा रहेको उल्लेख गर्दै डा. श्रेष्ठले मौद्रिक नीतिले उद्यम क्षेत्रलाई कर्जा उपयोगमा सहजीकरण गर्नुपर्ने विचार राखे ।

‘अहिले नबिल बैंकले उद्यमी कर्जा सञ्चालन गरिरहेको छ । यस्तै प्रकारका कर्जालाई अन्य बैंकहरूले प्राथमिकतामा राखेर कर्जा प्रवाह गरेमा समग्र अर्थतन्त्रलाई नै सकारात्मक प्रभाव पार्छ,’ उनले भने ।

सरकारले पर्याप्त खर्च गर्न नसक्दा आन्तरिक कर्जाको माग बढ्न नसकेको पनि उनले जिकिर गरे । सरकारी खर्च गर्ने चक्रलाई बिगारेको उल्लेख गर्दै उनले सरकारले वित्तीय खर्चलाई सुधार गर्दै आन्तरिक ऋण पनि बढाउनुपर्ने बताए ।

फरक प्रसंगमा उनले आर्थिक पत्रकारहरूको क्षमतामा वृद्धि भएको पाएको उल्लेख गरे । ‘पहिला पत्रपत्रिकामा आर्थिक विषयले खासै प्राथमिकता पाउँदैनथे । अहिले सञ्चार माध्ययममा आर्थिक समाचार व्यापाक रूपमा देख्न पाइन्छ,’ उनले भने, ‘साथै, आर्थिक पत्रकारहरूको क्षमता पनि वृद्धि हुँदै गएको देखिन्छ । पहिला आर्थिक विषयमा बुझेका पत्रकार कम थिए । अहिले यस विषयमा पत्रकारहड्ड सक्षम हुँदै गएको पाएको छु ।’

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
438SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?