National life

लगातार घटेको शेयरबजारमा सुधार, नेप्से ३०.५२ अकं बढ्यो, के करेक्सन सकिएको हो ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ चैत २०८१, सोमबार
524Shares
लगातार घटेको शेयरबजारमा सुधार, नेप्से ३०.५२ अकं बढ्यो, के करेक्सन सकिएको हो ?
ncell

काठमाडौँ । साताको दोस्रो कारोबारका दिन लामो समयदेखिको निरन्तर गिरावटलाई चिर्दै शेयर बजारमा हरियाली देखिएको छ । लगातार ६ दिन ओरालो लागेको शेयर बजारमा आज ब्रेक लागेको हो ।

सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३०.५२ अकंले बढेर २६४५.२० बिन्दुमा कायम भएको छ।

Royal Enfield
nic asia capital
आज ३२६ कम्पनीको ९७ लाख ३९ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड ३५ लाख रुपैयाँको कारोबार भएको छ।

विशेषगरि बजारमा नयाँ तथा साना लगानीकर्ताहरूको हाबी र ठूला संस्थागत लगानीकर्ताहरूको धैर्यताकाका कारण बजारले सुधारमा फड्को मार्न नसकेको जानकारहरूको भनाई छ ।  आज फाइनान्स समूहको ३.७५ प्रतिशतले शेयर मूल्य बढेको छ । यस अगाडि फाइनान्स समूह निरन्तर घटिरहेको थियो ।

त्यस्तै, बैंकिङ समूहको ०.९२ प्रतिशत, विकास बैंक समूहको ०.७८ प्रतिशत, होटल तथा पर्यटन समूहको १.१६ प्रतिशत, हाइड्रोपावर समूहको १ प्रतिशतले शेयर मूल्य बढेको छ ।

यसअघि १४ दिनको कारोबारमा १३ दिन बजार घटेको थियो। निरन्तर ढंगले नेप्से घटेपछि सर्वसाधारण लगानीकर्ता त्रसित भएका थिए । धेरैले बजार बुल रनमा प्रवेश गरेको विश्लेषण गरिरहेका बेला निरन्तर नेप्से घटेपछि सर्वसाधारण लगानीकर्ता अन्योलमा परेका थिए

निकै छोटो अवधिमा बजारमा ठूलै करेक्सन आएका कारण अब यो चक्र करिब सकिएको अनुमान लगानीकर्ताहरूको छ । बजार घट्ने क्रम नरोकिएपछि खरिद गर्ने मुडमा रहेकाहरू पनि पुनः ‘वेट एन्ड वाच’को मुडमा बसिरहेका छन्। इन्ट्रा डेमा २९ सयमाथि पुगिसकेको नेप्से लगातार घट्दा छोटो अवधिमै घटेर सोमबार इन्ट्रा डेमा सूचक २६ सयभन्दा पनि तल अर्थात् २५ सयकै लाइनमा आएको थियो।

अब भने करेक्सनको क्रम सकिएको र बजार घट्ने कारण बाकी नरहेकाले अब निरन्तर उचाइ लिने जानकारहरूको भनाई छ ।

यो समाचार शेयर गर्नुहोस्
524SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?