National life

लगानीकर्ताको मनोबल कमजोर हुँदा शेयर बजारमा पहिरो, कारोबार समेत घट्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ फागुन २०८०, बिहिबार
604Shares
लगानीकर्ताको मनोबल कमजोर हुँदा शेयर बजारमा पहिरो, कारोबार समेत घट्यो
ncell

काठमाडौँ । साताको अन्तिम कारोबारका दिन बिहीबार नेप्से दोहोरो अंकले घटेको छ ।

आज विहीबारका दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.६२ अकंले घटेर २०६०.८८ बिन्दुमा बन्द भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आज ३०५ कम्पनीको १ करोड ११ लाख ९८ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७८ करोड ५ लाख १६ हजार रुपैयाँको कारोबार भएको छ ।

ब्याजदर घट्ने क्रममा हुँदा समेत सेयर बजारमा सकारात्मक माहोल बन्न सकेको छैन। मौद्रिक नीतिको अर्धबार्षिक समीक्षाले लगानीकर्तालाई खुसी बनाउन नसकेको शेयर बजारको परिणामले पुष्टि गरेको छ। सो कारण बजारमा भारी गिरावट आइरहेको छ ।

५० लाख रुपैयाँभन्दा माथिका सेयर धितो कर्जामा जोखिम भार घट्ने तथा व्यक्तिगत तथा संस्थागत लगानीमा लगाइएको सीमा हट्ने आशा लगानीकर्तामा थियो । तर यसो नहुँदा लगानीकर्ता रुष्ट बनेका छन् ।

अहिले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले कर्जा लिएर अधिकतम १५ करोडसम्म र संस्थागतले बढीमा २० करोड रुपैयाँसम्म मात्र लगानी गर्न पाउने सीमा निर्धारण गरिएको छ ।

२१ सय नजिक घुमी रहेको बजार ओरालो लागि रहेको छ । कारोबार रकम समेत घटी रहेको छ । आज प्रायजसो सूचक राताम्य बनेको छ । लगानीकर्ताको मनोबल समेत कमजोर बन्दै गएको मान्न सकिन्छ ।

यो समाचार शेयर गर्नुहोस्
604SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?