National life

लगानीकर्ता पर्ख र हेरको अवस्थामा : शेयर बजारमा निरन्तर गिरावट, कारोबार कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ जेठ २०८२, आइतबार
630Shares
लगानीकर्ता पर्ख र हेरको अवस्थामा : शेयर बजारमा निरन्तर गिरावट, कारोबार कति ?
ncell

काठमाडौँ । साताको पहिलो कारोबारका दिन शेयर बजारमा गिरावट आएको छ । आज नेप्से ९.४२ अंकले घटेर २६७९.१२ को विन्दुमा कायम भएको छ।

Royal Enfield
nic asia capital
लगानकर्ताको आत्मबल कमजोर बन्न जाँदा शेयर बजार ओरालो लागेको हो ।

आज ३१४ सूचीकृत कम्पनीको १ करोड ८५ लाख ५ हजार ७ सय ७१ कित्ता शेयर खरिदबिक्री हुँदा ७ अर्ब ६० करोडको शेयर कारोबार भएको छ । भने एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

केन्द्रीय बैंकले मौद्रिक नीतिको तेसो त्रैमासिक समीक्षा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । यसकारणपनि लगानीकर्ता प्रतीक्षामा रहेको देखिन्छ । घटेको बजारमा सबैभन्दा बढी राँधी विद्युत् कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ७१ करोड ४९ लाख २८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको यूनिभर्सल पावर कम्पनीको ३० करोड ३१ लाख ३८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै उक्त दिन ङादी ग्रुप पावरको २९ करोड ५१ लाख ३७ हजार रुपैंया, यूनाइटेड मोदी हाइड्रोपावरको २८ करोड ८३ लाख १८ हजार रुपैयाँ, हिमालयन पावर पार्टनर २१ करोड २३ लाख ९४ हजार रुपैयाँको कारोबार भएको हो ।

यो समाचार शेयर गर्नुहोस्
630SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?