National life

लघुवित्तको ऋण नतिर्ने र अवरोध गर्नेलाई कारबाही गर्न सर्वोच्चको परमादेश

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२८ वैशाख २०८३, सोमबार
1.7kShares
लघुवित्तको ऋण नतिर्ने र अवरोध गर्नेलाई कारबाही गर्न सर्वोच्चको परमादेश
ncell

काठमाडौं। सर्वोच्च अदालतले लघुवित्त वित्तीय संस्थाहरूको कामकाजमा अवरोध पुर्‍याउने र ऋण नतिर्ने अभियान चलाउने व्यक्ति तथा समूहमाथि कडा कानुनी कारबाही गर्न सरकारका नाममा परमादेश जारी गरेको छ।

विराटनगरका अधिवक्ता सदिन कार्कीसहितले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय हरिप्रसाद फुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले लघुवित्त विरुद्ध हुने गैरकानुनी गतिविधिलाई राज्यले सक्रिय रूपमा नियन्त्रण गर्नुपर्ने ठहर गरेको हो ।

अदालतले लघुवित्त क्षेत्रलाई केवल व्यापारिक संस्थाका रूपमा मात्र नभई गरिबी निवारण र महिला सशक्तीकरणको महत्वपूर्ण माध्यमका रूपमा व्याख्या गर्दै यसको सुरक्षा र संरक्षण गर्नु राज्यको दायित्व भएको उल्लेख गरेको छ । फैसलाको पूर्णपाठमा भनिएको छ, ‘लघुवित्तको कानुनसम्मत कार्यसम्पादनमा अवरोध गर्ने जुनसुकै गैरकानुनी कार्यउपर प्रचलित कानुन बमोजिम प्रभावकारी र शीघ्र कारबाही गर्नू, गराउनू ।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अदालतले ऋण तिर्न चाहने ग्राहकलाई अवरोध गर्ने, कर्मचारीमाथि भौतिक आक्रमण गर्ने र कार्यालय तोडफोड गर्ने जस्ता गतिविधिलाई आपराधिक कार्यका रूपमा चित्रण गरेको छ ।

विशेष गरी मणिराम ज्ञवाली र दुर्गा प्रसाईंको समूहले चलाएको ‘ऋण नतिर्ने अभियान’ विरुद्ध परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले यस्ता संगठित अवरोधलाई गम्भीरतापूर्वक लिएको हो । बैंकिङ सेवालाई अत्यावश्यक सेवाको सूचीमा राख्दै अदालतले यसमा हडताल वा अवरोध गर्न नपाइने कानुनी व्यवस्था समेत स्मरण गराएको छ ।

६२ लाखभन्दा बढी सदस्य आबद्ध रहेको र झण्डै ५ खर्बको लगानी रहेको यस क्षेत्रमा सुरक्षा निकायको भूमिका कमजोर देखिएकोमा प्रश्न उठाउँदै सर्वोच्चले अब उप्रान्त कुनै पनि प्रकारको व्यवधान हुन नदिन सरकारलाई सचेत गराएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?