National life

लघु जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन ६३ करोड नाघ्यो, कुनको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|१२ फागुन २०८२, मङ्गलबार
933Shares
लघु जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन ६३ करोड नाघ्यो, कुनको कति ?
ncell

काठमाडौं। नेपालमा सञ्चालनमा रहेका लघु जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा कुल ६३ करोड ७५ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार, देशभरका तीन लघु बीमा कम्पनीहरूले सात महिनामा यो रकम आर्जन गरेका हुन्।

समीक्षा अवधिमा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सबीच बीमा शुल्क संकलनमा निकै प्रतिस्पर्धा देखिएको छ। यसमा क्रेष्ट माइक्रो लाइफले २२ करोड ८१ लाख रुपैयाँ संकलन गरेको छ भने गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले २२ करोड ७३ लाख रुपैयाँ पुर्याएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यसैगरी, लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले १८ करोड २० लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेको छ। कम्पनीहरूले आफ्नो शाखा सञ्जाल विस्तार गर्दै देशभर सेवा पुर्याउन र बीमा व्यवसायलाई बढाउने प्रयास गरिरहेका छन्।

यो समाचार शेयर गर्नुहोस्
933SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?