National life

लयमा फर्किँदै शेयर बजार : १३ वटै उपसूचकमा हरियाली, ९ अर्ब बढीको कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ असार २०८२, बुधबार
472Shares
लयमा फर्किँदै शेयर बजार : १३ वटै उपसूचकमा हरियाली, ९ अर्ब बढीको कारोबार
ncell

काठमाडौँ । साताको चौथो कारोबारका दिन पनि शेयर बजारको बढ्नेक्रमले निरन्तरता पाएको छ । आजसहित बजार लगातार चार कारोबारका दिन लगातार बढेको हो ।

बुधवार दोहोरो अंकले वृद्धि भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३४.६० अकंले बढेर २६९५ बिन्दुमा कायम भएको छ।

Royal Enfield
nic asia capital
आज ३१७ कम्पनीको ३ करोड १ लाख ८२ हजार कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ७४ करोड ४८ लाख रुपैयाँको कारोबार भएको छ।

साथै आज १३ वटै उपसूचकमा हरियाली देखिएको छ। आज जीवन बीमा समूहको २.८५ प्रतिशत, फाइनान्स समूहको २.१७ प्रतिशत, बैंकिङ समूहको १.३९ प्रतिशत, विकास बैक समूहको १.९३ प्रतिशतले शेयर मूल्य बढेको छ ।

केही समय अगाडि सिथिल देखिएको शेयर बजार पछिल्लो केही कारोबार यता निरन्तर रूपमा अगाडि बढेको हो । लगानीकर्ताको आत्मबल बिस्तार बढ्दै जाँदा र लगानीकर्ताको खरिद आकर्षण बढेपछि कारोबारमा समेत वृद्धि देखिएको छ।

आज सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर बैंकको सेयर सर्वाधिक कारोबार भएको छ। कम्पनीको ५५ करोड ५३ लाख २१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।  कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सहास ऊर्जाको को ४९ करोड २१ लाख २२ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
472SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?