National life
cg eloctronics

आईडी इन्डोर्सी पदका उम्मेदवार लम्साललाई १३ जना निवर्तमान डिष्ट्रिक्ट गभर्नरको समर्थन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ जेठ २०८२, बिहिबार
843Shares
आईडी इन्डोर्सी पदका उम्मेदवार लम्साललाई १३ जना निवर्तमान डिष्ट्रिक्ट गभर्नरको समर्थन
ncell

काठमाडौँ । लायन्स अन्तर्राष्ट्रिय डाइरेक्टर (आईडी) इन्डोर्सी पदका उम्मेदवार राजन लम्साललाई नेपालका १३ जना निवर्तमान डिष्ट्रिक्ट गभर्नरले समर्थन जनाएका छन्।

नेपालमा रहेका १५ जना निवर्तमान गभर्नरमध्ये १३ जनाले लम्सालको समर्थन गर्ने निर्णय गरेको डिष्ट्रिक्ट ३२५ एचका निवर्तमान डिष्ट्रिक्ट गभर्नर शम्भु बहादुर थापाले जानकारी दिए। बाँकी दुई जना निवर्तमान गभर्नरसँग पनि संवाद भइरहेको उनले बताए।

समर्थन जनाउने गभर्नरहरूमा ३२५ पी का विजयहरी शर्मा, ३२५ ई का हरि दाहाल, ३२५ एफ का शिव कटुवाल, ३२५ जी का दीपककृष्ण श्रेष्ठ, ३२५ एच का शम्भु बहादुर थापा, र ३२५ एल का चन्द्र कुमार केसी रहेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

https://aarthikvoice.com/archives/65320

त्यस्तै, ३२५ जे का हरि मरहठ्ठा, ३२५ के की सुचित्रा थापा, ३२५ एल का पर्मेश्वर बराल, ३२५ एम का भीम पौडेल, ३२५ एन का मुकुट ढकाल, ३२५ पी का अर्जुनमान सिंह सैजु र ३२५ आर का आर.एस. महतोले पनि लम्साललाई समर्थन जनाएका छन्। लम्साल हाल एलसीआईएफ एरिया लिडरको भूमिका पनि निर्वाह गर्दै आएका छन्।

३२५ ई का हरि दाहाल र ३२५ जी का दीपककृष्ण श्रेष्ठका अनुसार, हालै सम्पन्न भौतिक तथा भर्चुअल बैठकमार्फत मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालका १३ जना निवर्तमान डिष्ट्रिक्ट गभर्नरहरूले राजन लम्साललाई आईडी इन्डोर्सी उम्मेदवारको रूपमा समर्थन गर्ने निर्णय गरेका हुन्। उनीहरूले लम्सालको प्रतिनिधित्वले नेपाली लायन्सहरूको एकतालाई मजबुत बनाउने र नेपाललाई अन्तर्राष्ट्रिय नेतृत्व तहमा पुर्‍याउन नयाँ अवसर खोल्ने विश्वास व्यक्त गरेका छन्।

समर्थन जनाउने सबै गभर्नरहरूले आफ्ना-आफ्ना डिष्ट्रिक्टका प्रतिनिधि लायन मित्रहरूलाई राजन लम्सालको पक्षमा मतदान गर्न अपिल समेत गरेका छन्।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
843SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?