काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपालको लिम्पियाधुरा र लिपुलेक क्षेत्रसम्बन्धी विषय संयुक्त राष्ट्रसंघमा उठाउन सरकारसँग माग गरेको छ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा आकस्मिक समयमा बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भारत र चीनबीच नेपालको भू–भागलाई समेटेर गरिएको व्यापार सम्झौताको विषयमा सदस्यको हैसियतमा संयुक्त राष्ट्रसंघमा कुरा उठाउनुपर्ने बताएका हुन् ।






































