National life

वर्ष दिनमा १३३ वटा निर्माण कम्पनी कालोसूचीमा, नयाँ खरिद प्रक्रियामा सहभागी हुन रोक

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० साउन २०८२, शनिबार
599Shares
वर्ष दिनमा १३३ वटा निर्माण  कम्पनी कालोसूचीमा, नयाँ खरिद प्रक्रियामा सहभागी हुन रोक
ncell

काठमाडौँ । वर्षभरिमा १३३ वटा निर्माण तथा आपूर्ति कम्पनी कालोसूचीमा परेका छन्। सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार २०८१ साउनदेखि २०८२ असार मसान्तसम्ममा बोलपत्रदाता, परामर्शदाता, सेवा प्रदायक, आपूर्तिकर्ता तथा निर्माण कम्पनी कालोसूचीमा परेका हुन् ।

जस अनुसार कालोसूचीमा परेका कुल कम्पनीमध्ये ५ वटा कम्पनी कालोसूचीबाट हटेका छन्। यस्तै २० वटा कम्पनी निलम्बनमा परेको कार्यालयले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सार्वजनिक खरिद प्रक्रियाका सर्त पूरा नगर्ने कम्पनीलाई सार्वजनिक निकायको सिफारिसमा कालोसूचीमा राख्न सक्ने व्यवस्था सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ तथा सार्वजनिक खरिद नियमावलीको नियम १४१ मा उल्लेख छ ।

सो व्यवस्था अनुसार बोलपत्रदाता, प्रस्तावदाता दरभाउ पत्र दाता, परामर्शदाता, सेवा प्रदायक, आपूर्तिकर्ता, निर्माण व्यवसाय, संस्था वा कम्पनी र तिनका आधिकारिक व्यक्ति समेतलाई निजको कार्यको गाम्भीर्यताका आधारमा १ देखि ३ वर्षसम्म कालोसूचीमा राख्ने प्रावधान कायम छ। कालोसूचीमा राखेपछि निश्चित अवधिभर नयाँ खरिद प्रक्रियामा सहभागी हुन रोक लगाइने व्यवस्था छ ।

यो समाचार शेयर गर्नुहोस्
599SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?