National life

विद्या भण्डारीले सरकारी सुविधा त्यागेको पत्र मन्त्रालयमा दर्ता, सुरक्षा प्रोटोकल त्याग्न नमिल्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ असार २०८२, बुधबार
441Shares
विद्या भण्डारीले सरकारी सुविधा त्यागेको पत्र मन्त्रालयमा दर्ता, सुरक्षा प्रोटोकल त्याग्न नमिल्ने
ncell

काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवा सुविधा फिर्ताको निवेदन दिएकी छन्।

भण्डारीले आजकै मितिबाट लागू हुने गरी सेवा सुविधा फिर्ता गरेकी हुन्। पूर्व राष्ट्रपति भण्डारीले सरकारले पूर्वराष्ट्र प्रमुखलाई प्रदान गर्दै आएको सेवा सुविधा त्यागेको पत्र गृह मन्त्रालयमा बुधवार दर्ता भएको छ।

भण्डारीको सचिवालयबाट आएको पत्र दर्ता भई सम्बन्धित शाखामा पठाइएको गृह मन्त्रालयले जनाएको छ।

Royal Enfield
nic asia capital
‘पूर्वराष्ट्रपतिले पाउने सबै सेवा सुविधा फिर्ताको निवेदन गृह मन्त्रालयलाई पठाइएको छ ।

भण्डारी निकट स्रोतका अनुसार आजकै मितिबाट सेवा सुविधा पनि फिर्ता गरेको जानकारी दिएको छ । भण्डारीको हकमा पूर्व राष्ट्र प्रमुखको हैसियतमा दिइने सुरक्षा प्रोटोकल भने उनले चाहेर पनि त्याग्न नमिल्ने र सेना तथा प्रहरीले प्रदान गर्ने मन्त्रालयले जानकारी दिएको छ ।

भण्डारीलाई गृह मन्त्रालयले एक उपसचिव सरहका स्वकीय सचिव, कार्यालय सहयोगी समेतको लागि मासिक डेढ लाख रुपैयाँ उपलब्ध गराएको गृह मन्त्रालयले जनाएको छ। तर भण्डारीको स्वकीय सचिव, कार्यालय सहयोगी समेतले आजकै मितिबाट सो सुविधा पाउने छैनन्।

यो समाचार शेयर गर्नुहोस्
441SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?