National life

विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ९७ करोड लगानी गर्दै केन्द्रीय बैंक

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३१ चैत २०८१, आइतबार
700Shares
विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ९७ करोड लगानी गर्दै केन्द्रीय बैंक
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ९७ करोड रुपैयाँ मा लगानी गर्ने भएको छ।

आइतबार (आज) राष्ट्र बैंकले एक सूचना जारी गर्दै उपदान र पेन्सन कोषमा रहेको ९७ करोड बराबर रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्ने जनाएको छ । केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंक र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा उक्त परिमाण बराबर रकम मुद्दती निक्षेपमा लगानी गर्ने सूचनामा उल्लेख छ ।

साथै, , वाणिज्य बैंकमा ७७ करोड ६० लाख, विकास बैंकमा १४ करोड ५५ लाख र वित्त कम्पनीमा ४ करोड ८५ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने केन्द्रीय बैंकले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बैंकका अनुसार ७ वैशाख २०८२ देखि ७ वैशाख २०८३ सम्म ३ सय ६६ दिनको मुद्दती निक्षेपमा उक्त रकम लगानी गर्न लागिएको हो ।

जसका लागि आगामी ३ वैशाख साँझ ७ भित्र आवेदन दिनुपर्ने  बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

यो समाचार शेयर गर्नुहोस्
700SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?