National life

विमानस्थलबाट १ किलो भन्दा बढी सुनसहित ५३ वर्षीया भारतीय नागरिक पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ असार २०८२, बुधबार
559Shares
विमानस्थलबाट १ किलो भन्दा बढी सुनसहित ५३ वर्षीया भारतीय नागरिक पक्राउ
ncell

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो भन्दा बढी परिमाणमा सुन जस्तो देखिने पहेँलो रङ्गको अर्धठोस वस्तु सहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारती नागरिक ५३ वर्षीया मीना सुर्जित सिंह खेमानी छिन् । उनलाई मंगलबार राति नै विमानस्थलबाट प्रहरीले पक्राउ गरेको  जानकारी दिएको छ ।

१ किलो १५९ ग्राम सुनसहित उनलाई प्रहरीले पक्राउ गरेको हो । अर्धठोसको स्वरूपमा उक्त सुन ल्याइएको प्रहरीले बताएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

एयर अरेबियाको उडानमार्फत शारजाहबाट काठमाडौँ आएकी उनलाई संका लागेर जाँच गर्दा सुन फेला परेको प्रहरीले बताएको छ ।

यो समाचार शेयर गर्नुहोस्
559SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?