National life

विवरण नबुझाउँदा चितवनका २ हजार बढी करदाता निलम्बित

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ जेठ २०८२, आइतबार
592Shares
विवरण नबुझाउँदा चितवनका २ हजार बढी करदाता निलम्बित
ncell

काठमाडौँ । आन्तरिक राजस्व कार्यालय, भरतपुर (चितवन) मा दर्ता भएका मूल्य अभिवृद्धि करदातामध्ये दुई हजार ३७३ करदातालाई निलम्बन गरिएको छ । आन्तरिक राजस्व विभागले विगत ६ महिना लगातार मूल्य अभिवृद्धिकर विवरण नबुझाएका ती करदातालाई निलम्बन गरेको हो ।

कार्यालयका सूचना अधिकारी विमल पौडेलका अनुसार यस कार्यालयमा रहेका २ हजार ४ सय जना मूल्य अभिवृद्धि करदाताले विवरण बुझाएका थिएनन् । उनीहरूमध्ये विभागले २०८२ साल वैशाख ११ गते सार्वजनिक गरेको सूचनापछि २७ जनाले विवरण बुझाएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
विवरण नबुझाएकालाई निलम्बन गरेसँगै ती संस्थाको कारोबार रोक्का गरिएको छ भने खरिद बिक्री नगर्न उपभोक्तालाई जानकारी गराइएको छ ।

विभागले मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १७ को उपदफा ८ मा लगातार छ महिनासम्म कर विवरण पेस नगर्ने करदताको नाम सार्वजनिक गरिएको हो । यस्ता करदाताको करकट्टी रोक्का राखी मूल्य अभिवृद्धि कर दर्ता निलम्बन गरिएको उनले जानकारी दिए । निलम्बित करदाताले आफ्नो कारोबार सञ्चालन राख्नुपरेमा बाँकी सबै कर विवरण पेस गर्नुपर्छ ।

जिल्लामा १० हजार बढी मूल्य अभिवृद्धि करदाता रहेका छन् । मूल्य अभिवृद्धि करदातासहित जिल्लामा ७२ हजार बढी करदाता छन् । करदातालाई करको विवरण पेस गर्नुपर्छ भन्ने ज्ञान भए पनि उनीहरुले बेवास्ता गर्दा विभागको निलम्बन कारबाही भोग्नुपरेको हो ।

उनले भने, “करदाताले नबुझेर होइन, कतिपयको कारोबार नभएर पनि होला तर ज्ञान नभएको भन्ने होइन ।” कारोबार नभए पनि राज्यलाई विवरण बुझाउनुपर्छ भन्ने शिक्षा करदातालाई पुर्याउनुपर्ने समय आएको उनले बताए । विभागले देशभरका ९५ हजार ३४९ जना करदाताको नामावली सार्वजनिक गर्दै निलम्बन गरेको हो ।

यो समाचार शेयर गर्नुहोस्
592SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?