National life

व्यक्तिगत कर्जाहरु स्थिर ब्याजदरमा उपलब्ध गराउ : नेपाल राष्ट्र बैंक

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१५ असार २०८०, शुक्रबार
761Shares
व्यक्तिगत कर्जाहरु स्थिर ब्याजदरमा उपलब्ध  गराउ : नेपाल राष्ट्र बैंक
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकले व्यक्तिगत कर्जाहरु स्थिर ब्याजदरमा उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ। केन्द्रीय बैंकले राष्ट्र बैंकले जारी गरेको सूचनामा यस्तो जानकारी गराएको हो।

निश्चित आय भएका व्यक्तिले परिवर्तनशील ब्याजदरमा कर्जा उपयोग गर्दा आम्दानी र खर्चबीच सामञ्जस्यता हुन नसक्ने र कर्जा भुक्तानीमा समस्या हुने अवस्थालाई ध्यानमा दिई व्यक्तिगत कर्जाहरु स्थिर ब्याजदरमा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको राष्ट्र बैंकले बताएको छ।

राष्ट्र बैंकका अनुसार स्थिर ब्याजदरमा कर्जा उपभोग गर्दा ब्याज रकम बढ्दैन, निर्धारित अवधिमै कर्जा भुक्तानी गर्न सकिन्छ र यसले निश्चित आय भएका व्यक्तिको वित्तीय अवस्थामा नकारात्मक असर पर्न दिँदैन।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

राष्ट्र बैंकले ब्याजदरका सर्तहरु बुझेरमात्र कर्जा उपयोग गर्न पनि सचेत गराएको छ। ब्याजदर निर्धारण र ब्याजदर परिवर्तन हुने सर्त बुझेरमात्र कर्जा उपयोग गर्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ।

ब्याज र आम्दानीमा तालमेल नभएमा कर्जा भुक्तानीमा समस्या आउन सक्ने राष्ट्र बैंकले जनाएको छ। ‘त्यसैले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा ब्याजदरका बारेमा पूर्ण जानकारी लिनुपर्दछ’, सूचनामा उल्लेख गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
761SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?