काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ३२ अङ्कले ओरालो लागेको छ । आज विहिबार नेप्से ३२.८१ अङ्कले घटेर २४८६.७६ विन्दुमा रोकिएको हो ।
आज ३२२ कम्पनिको कारोबार हुदा एक करोड ३६ लाख ९१ हजार ५९६ कित्ता शेयर ४ अर्ब ८४ करोड १४ लाख ७ हजार ७२० को खरिद बिक्री भएको नेपाल स्टक एक्सचेञ्ज नेप्सेले जनाएकोे छ।
यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ३४ अङ्कले ओरालो लागेर सात सय ४७ दशमलव ४५ मा सीमित भएको छ । आज कूल एक करोड ३६ लाख ९१ हजार पाँच सय ९६ कित्ता शेयर रु चार अर्ब ८४ करोड १४ लाख सात हजार सात सय २० मूल्यमा खरिद बिक्री भएको छ।


































