काठमाडौँ । साताको तेस्रो कारोबारका दिन शेयर बजारमा झिनो अंकले सुधार आएको छ । शेयर बजारमा अहिले लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको अवस्था छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५.६० अकंले घटेर २०७१.७७ बिन्दुमा बन्द भएको छ । मङ्गलवार ३१९ कम्पनीको ९४ लाख ३५ हजार ४५४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १८ करोड ७७ लाख ९६ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
आज आठ उपसूचकमा हरियाली आएको छ । यस दिन विकास बैंक समूहको ०.३२ प्रतिशत, होटल तथा पर्यटन समूहको १.१२ प्रतिशत, हाइड्रोपावर समूहको १.१८ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज आरएसडिसि लघुवित्तको १४ करोड ८३ लाख रुपैयाँ, एनआरएनको १२ करोड ६२ लाख रुपैयाँ, नेपाल फाइनान्सको ९ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।





































