काठमाडौँ । साताको चौथो कारोबारका दिन सेयर बजारमा सुधार देखिएको छ । आज दिनचर आएको उतार चडाबकाबीच बजारमा सामान्य सुधार देखिएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.९१ अकंले घटेर २९७६.५० बिन्दुमा बन्द भएको छ ।
आज ३०२ कम्पनीको १ करोड २३ लाख ६३ हजार २७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २५ करोड २७ लाख रुपैयाँको कारोबार भएको छ ।
५० लाख रुपैयाँभन्दा माथिका सेयर धितो कर्जामा जोखिमभार घट्ने तथा व्यक्तिगत तथा संस्थागत लगानीमा लगाइएको सीमा हट्ने आशा लगानीकर्तामा थियो ।
तर यसो नहुदाँ लगानीकर्ता रुष्ट बनेका छन् । अहिले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले कर्जा लिएर अधिकतम १५ करोडसम्म र संस्थागतले बढीमा २० करोड रुपैयाँसम्म मात्र लगानी गर्न पाउने सीमा निर्धारण गरिएको छ।


































