National life

शेयर बजारमा निरन्तर गिरावट : ५ अर्बमा खुम्चियो कारोबार 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ जेठ २०८२, बुधबार
619Shares
शेयर बजारमा निरन्तर गिरावट : ५ अर्बमा खुम्चियो कारोबार 
ncell

काठमाडौँ । शेयर बजारमा गिरावट आउनेक्रमले आज पनि निरन्तरता पाएको छ । आज जेठ २१ गते बुधवारका दिन नेप्से सूचक ६.८७ अंकले घटेर २६५२.०६ को विन्दुमा कायम भएको छ।

Royal Enfield
nic asia capital

आज नेप्सेमा कारोबार भएको ३१३ कम्पनीको १ करोड ३७ लाख ८२ हजार ४६८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १६ करोड ३३ लाख ३४ हजार रुपैयाँको कारोबार भएको छ ।

आज बजारमा गिरावट आउँदा नौ उपसूचक राताम्मै भएको छ । घटेको ब्याजदर , वित्तीय प्रणालीमा पर्याप्त पूँजी रहेको र सेयर मूल्य सस्तो भएपनि बजारमा सुधार आउन सकेको छैन ।

आज  विकास बैंक ०.६२ प्रतिशत, फाइनान्स समूह ०.९१ प्रतिशत, होटल तथा पर्यटन समूह ०.३७ प्रतिशतले शेयर मूल्य घटेको छ । उक्त दिन सेयर बजारमा गिरावट आउँदा पनि ओम मेगाश्री फर्मास्युटिकल्स र पियोर इनर्जी लिमिटेडको सेयरमा भने सकरात्मक सर्किट लाएको छ।

घटेको शेयर बजारमा सबैभन्दा बढी अरुण काबेली पावरको सेयर सर्वाधिक कारोबार भएको छ। आज कम्पनीको ३६ करोड २५ लाख ५९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको राँधी विद्युत् कम्पनीको २९ करोड ८७ लाख ६८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ।

यो समाचार शेयर गर्नुहोस्
619SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?