National life

शेयर बजारमा पाँचौँ दिनसम्म हरियाली: कारोबारमा देखिँदै सुधार

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ पुस २०८१, मङ्गलबार
689Shares
शेयर बजारमा पाँचौँ दिनसम्म हरियाली: कारोबारमा देखिँदै सुधार
ncell

काठमाडौँ । शेयर बजारको सुधारको यात्राले आज पनि निरन्तरता पाएको छ । बजारमा आज सहित लगातार पाँचौँ दिन सुधार देखिएको हो । आज साताको तेस्रो कारोबारका दिन बजार दोहोरो अंकले बढेको हो ।

नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० ६.१६ अकंले बढेर २६४६.८४ बिन्दुमा कायम भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आज ३०५ कम्पनीको १ करोड २० लाख ८१ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३८ करोडको शेयर कारोबार भएको हो।

त्यस्तै, आज ८ उपसूचकमा हरियाली देखिएको छ। आज फाइनान्स समूहको सर्वाधिक २.६५ प्रतिशत, विकास बैंक समूहको ०.८० प्रतिशत, हाइड्रोपावर समूहको ०.४२ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज ३ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । यति बेला अधिकांश कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि बुक क्लोज गरिसकेका छन् । पुस मसान्तसम्ममा प्रायजसो: कम्पनीहरूको साधारण सभा पनि सम्पन्न हुनेछ । बैंकको ब्याजदर निरन्तर रूपमा घट्दोक्रममा रहेको छ यसकारणपनि अब बजारले लगातार लय लिने जानकारहरूको भनाई छ।

आज उक्त दिन सबैभन्दा बढी सिन्धु विकास बैंकको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको १६ करोड ९२ लाख ९६ हजार रुपैया बराबरको कारोबार भएको हो । त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको १४ करोड ५९ लाख ७६ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

यता, सहास ऊर्जा लिमिटेडको १४ करोड ४९ लाख ८० हजार रुपैंया, एनआरएन इन्फ्रास्ट्रक्चरको ९ करोड ८२ लाख ९४ हजार रुपैयाँ, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको ९ करोड ७९ लाख ६८ हजार रुपैयाँको कारोबार भएको छ।

यो समाचार शेयर गर्नुहोस्
689SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?