National life

शेयर बजारमा फेरि फराकिलो अंकको गिरावट: राजनीतिक अस्थिरताले बजार प्रभावित

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ चैत २०८१, मङ्गलबार
542Shares
शेयर बजारमा फेरि फराकिलो अंकको गिरावट: राजनीतिक अस्थिरताले बजार प्रभावित
ncell

काठमाडौँ । अघिल्लो दिन दोहोरो अंकको सुधार देखिएको शेयर बजारमा फेरि फराकिलो अंकले गिरावट आएको छ । देशमा देखिएको राजनीतिक अस्थिरताका कारण शेयर बजारमा भारी गिरावट देखिएको छ ।

सरकारविरुद्ध सडक आन्दोलन चर्किएसँगै सरकार माथि प्रश्न उठ्न थालेपछि बजार प्रभावित भएको हो । जस अनुसार आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५५.९० अकंले घटेर २५८४.८८ बिन्दुमा कायम भएको छ।

Royal Enfield
nic asia capital

साताको तेस्रो कारोबारका दिन आज ३२५ कम्पनीको १ करोड ११ लाख ५५ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १८ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

उक्त दिन सबै उपसूचक राताम्य भएका छन्। यस दिन विकास बैंक समूहको ३.२६ प्रतिशत, फाइनान्स समूहको ३.४१ प्रतिशत, हाइड्रोपावर समूहको ३.०४ प्रतिशत,बैंकिङ समूहको १.४० प्रतिशत घटेको छ । आज नारायणी डेभलपमेन्ट बैंकमा नकारात्मक सर्किट लागेको छ ।

आज ३ सय २५ कम्पनीको १ करोड ११ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ। हिमालयन रिइन्सुरेन्सको २३ करोड २० लाख रुपैयाँ भन्दा बढी कारोबार सहित अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल पुनर्बिमा कम्पनी र युनाइटेड मोदी हाइड्रोपावर परेका छन् ।

 

यो समाचार शेयर गर्नुहोस्
542SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?