National life

शेयर बजारमा लगातार गिरावट, १२ वटै समूह राताम्य, कारोबार ४ अर्बमा सीमित

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ चैत २०८१, मङ्गलबार
662Shares
शेयर बजारमा लगातार गिरावट, १२ वटै समूह राताम्य, कारोबार ४ अर्बमा सीमित
ncell

काठमाडौं । साताको तेस्रो कारोबारका दिन मंगलबार नेप्से ७.६६ अंकले घटेर २६९७ को विन्दुमा कायम भएको छ।

अन्ततः बजार २६ सयकै लाइनमा झरेको छ। यस दिन ८२ लाख ३७ हजार ९०२ कित्ता कारोबार हुँदा ४ अर्ब ३४ करोड रुपैयाँमाथि कारोबार भएको छ।

Royal Enfield
nic asia capital

लगानीकर्ताको मनोबल कमजोर बन्दै जादा शेयर बजारमा लगातार गिरावट आएको छ । यसदिन अन्य उपसमूह बाहेक बाँकीका सबै १२ वटै उसमूह घटेको छ।

आज हिमालयन पावर पार्टनर, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी, भूगोल इनर्जी, धौगागिरी लघुवित्त, रिभर फल्स पावर, नेपाल एसबिआई बैंक डिबेन्चर, माउन्टेन हाइड्रो र घलेम्दी हाइड्रोको शेयरमूल्य बढेको छ।

बैंक ब्याजदर निकै तल्लो विन्दुमा छ। बैंकिङ प्रणालीमा अधिक तरलता छ र पनि शेयर बजारमा लगातार आएको गिरावटको कारण लगानीकर्तामा निराशा छाएको हो ।

यो समाचार शेयर गर्नुहोस्
662SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?