National life

शेयर बजारमा लगातार चौथो दिन गिरावट, १० अर्ब १० करोडको शेयर कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ फागुन २०८१, बिहिबार
468Shares
शेयर बजारमा लगातार चौथो दिन गिरावट, १० अर्ब १० करोडको शेयर कारोबार
ncell

काठमाडौँ । साताको अन्तिम कारोबारका दिन आज सेयर बजार गिरावट आएको छ । आजसहित बजार लगातार चौथो दिन घटेको हो । यस दिन बजारमा २.७० अंकको झिनो गिरावट आएको हो।

Royal Enfield
nic asia capital

नाफा बुक गर्नेको सङ्ख्या बढेसँगै नेप्सेमा गिरावट आएको हो। आज नेप्से सूचक २८१८.४३ अंकमा अडिएको छ। आज ३१० कम्पनीको १ करोड ९० लाख ४१ हजार कित्ता शेयर किनबेच हुँदा १० अर्ब १० करोडको शेयर कारोबार भएको छ।

त्यस्तै, ४ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । ४ वटा समूहको सूचक बढेका छन्। बजार नियमित र स्वाभाविक प्रक्रिया अनुसार नै करेक्सनमा गएको जानकारहरूको भनाई छ । यसअघि उच्च अंकले बजार बढेका विन्दुहरूमा ‘ग्याप फिल’ गर्नका लागि नेप्से घटेको उनीहरूको भनाई छ। अब करेक्सन चक्र पूरा हुने बित्तिकै बजारले पुनः गति लिन सक्ने उनीहरूको भनाई छ ।

त्यसो त नाफामा बेचेकाहरू फेरि बजार प्रवेश गर्नका लागि समय कुरेर बसेका हुन्छन् । यता, घटेको बेला धेरैजसो लगानीकर्ता ‘पर्ख र हेर’कै अवस्थामा रहनुले पनि कारोबार रकमसमेत प्रभावित भएको हो । आज आज बैंकिङ समूहको ०.०३ प्रतिशत, विकास बैंक समूहको १.८६ प्रतिशत शेयर बढेको हो।

यो समाचार शेयर गर्नुहोस्
468SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?