National life

शेयर बजारमा लगातार वृद्धि, हौसिँदै लगानीकर्ता: कारोबारमा समेत बढोत्तरी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ वैशाख २०८२, बिहिबार
785Shares
शेयर बजारमा लगातार वृद्धि, हौसिँदै लगानीकर्ता: कारोबारमा समेत बढोत्तरी
ncell

काठमाडौँ । साताको दोस्रो कारोबारका दिन आज शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । नयाँ आर्थिक वर्ष ८२ को आरम्भसँगै बढेको शेयर बजारले आज पनि निरन्तरता पाएको छ । नेप्से परिसूचक लामो समयदेखि २५ सयदेखि २८ सयको दायरा वरपर सीमित रहे पनि अब क्रमिक रूपमा अगाडि बढ्ने लगानीकर्ताहरूको अपेक्षा रहेको छ ।

पुरानो वर्ष २०८१ को अन्तिम समयमा राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्तिको विषयलाई लिएर दलहरूबिचको खिचातानी र सम्भावित सरकार परिवर्तनको चर्चाले लगानीकर्ताको मनोबलमामा फेरबदल आएको कारण बिच्किएको बजारले बिस्तारै सुधारको लय लिन थालेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २८.९७ अकंले बढेर २७२५.२० बिन्दुमा कायम भएको छ। आज ३११ कम्पनीको २ करोड ३७ लाख ७३ हजार कित्ता शेयर किनबेच हुँदा १० अर्ब ७९ करोडको कारोबार भएको छ । अघिल्लो दिन शेयर बजारमा सुधार आएको भएपनि कारोबारमा गिरावट आएको थियो । आज भने कारोबारमा समेत बढोत्तरी आएको छ ।

यसदिन १३ वटै उपसूचकमा हरियाली आएको छ। आज १८७ कम्पनीको शेयर मूल्य बढेको छ भने ५९ कम्पनीको घटेको छ ।

बैंकिङ प्रणालीमा हाल ब्याजदर ऐतिहासिक रूपमै न्यून विन्दुमा झरेको छ। निक्षेपमा आकर्षण कम हुँदै जाँदा, धेरैजसो लगानीकर्ता शेयर बजारतिर आकर्षित भएका छन्। त्यसमाथि तरलताको प्रशस्त उपलब्धताले गर्दा बैंकहरू धितो कर्जामा झनै सक्रिय बनेका छन्। यसले व्यक्तिगत र संस्थागत लगानीकर्ताहरूलाई सहज रूपमा सस्तो ब्याजदरमा कर्जा लिएर सेयर किन्न प्रेरित गरिरहेको छ ।

 

 

यो समाचार शेयर गर्नुहोस्
785SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?