National life

शेयर बजारमा लगातार ३ दिन गिरावट : ९ अर्बमा खुम्चियो कारोबार, निराश बन्दै लगानीकर्ता

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० वैशाख २०८२, मङ्गलबार
1KShares
शेयर बजारमा लगातार ३ दिन गिरावट : ९ अर्बमा खुम्चियो कारोबार, निराश बन्दै लगानीकर्ता
ncell

काठमाडौँ । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आजसँगै तीन दिन बजार ओरालो लागेको हो । लगानीकर्ताको मनोबल कमजोर बन्दै जाँदा शेयर बजारमा लगातार गिरावट आएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.२४ अकंले घटेर २६३४.८६ बिन्दुमा कायम भएको छ ।

Royal Enfield
nic asia capital
आज ३१४ कम्पनीको २ करोड १८ लाख २८ हजार कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ६३ करोड ४८ लाख रुपैयाँको कारोबार भएको छ ।

आज १० उपसूचक राताम्य भएको छ । साथै, विकास बैंकको ०.५५ प्रतिशत र जीवन बीमा समूहको १.०८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकमा गभर्नर विहीन अवस्थामा रहेको छ । राजनीति भागबण्डाले गभर्नर नियुक्ति आइरहेको विवादले लगानीकर्ता अन्योलमा रहेको कारण लगानीकर्तामा मनोबल कमजोर देखिएको छ ।

आज बजारमा गिरावट आउँदा पनि क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र ओम मेगाश्री फर्मास्युटिकल्सको सेयरमा सकरात्मक सर्किट लाएको छ । समग्र अर्थतन्त्र मन्दीमा रहेका बेला सेयर बजारसहित समग्र निजी क्षेत्रले अलि उदार किसिमको बजेट नीति तथा त्यसैअनुरुपको गभर्नर खोजिरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?