National life

शेयर बजारमा सुधार: कारोबार रकम थप खुम्चियो, यी कम्पनीको सर्वाधिक कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ असोज २०८१, सोमबार
760Shares
शेयर बजारमा सुधार: कारोबार रकम थप खुम्चियो, यी कम्पनीको सर्वाधिक कारोबार
ncell

काठमाडौँ । लगातार ओरालो लागेको यात्रालाई ब्रेक गर्दै साताको दोस्रो दिन शेयर बजारमा हरियाली फर्किएको छ। शेयबजारका लागि आवश्यक पर्ने सूचक सबै सकारात्मक रहेको बेला बजार सुधार तिर लम्किने अपेक्षा लगानीकर्ताहरूको रहेको छ ।

बजारमा सुधार देखिए पनि कारोबार रकम भने खुम्चिएको छ । बैंकको ब्याजदर निरन्तर ओरालो लागि रहेको, अर्थतन्त्र समेत सुधार हुँदै गएको, नियामक निकाय समेत सकारात्मक रहेकोका कारण बजार बढ्नेमा लगानीकर्ताको विश्वास कायम रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४४.४५ अकंले बढेर २५०८.८६ बिन्दुमा कायम भएको छ। आज ३१९ कम्पनीको ९७ लाख १७ हजार ९५९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७१ करोड ५३ लाख ५९ हजार रुपैयाँको शेयर कारोबार भएको हो ।

सोमबार १२ उपसूचकमा हरियाली आएको छ । यसदिन, बैंकिङ समूहको १.१८ प्रतिशत, विकास बैंक समूहको १.९३ प्रतिशत, फाइनान्स समूहको ४.१९ प्रतिशत, होटल तथा पर्यटन समूहको ३.२८ प्रतिशत, हाइड्रोपावर समूहको १.२२ प्रतिशतले शेयर मूल्य बढेको हो ।

आज बजारमा बढोत्तरी आउँदा १२ उपसूचक हरियाली भएको छ । उक्त दिन सबैभन्दा बढी सिइडिबी हाइड्रोपावरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १७ करोड ६९ लाख ६४ हजार रुपैया बराबरको कारोबार भएको छ ।

दोस्रो स्थानमा रहेको सर्बोत्तम सिमेन्टको १७ करोड १५ लाख १८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै उक्त दिन शिभम् सिमेन्टको १५ करोड ३३ लाख ७४ हजार रुपैयाँ, नेपाल फाइनान्सको १३ करोड १ लाख ८५ हजार रुपैयाँ, हिमालयन रि इन्स्योरेन्सको ८ करोड ७६ लाख ७८ हजार रुपैयाँको कारोबार भएको हो ।

यो समाचार शेयर गर्नुहोस्
760SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?