काठमाडौँ। यस साताको अन्तिम कारोबारको दिन शेयर बजारमा गिरावट आएको छ। अघिल्लो कारोबारको दिन सामान्य सुधार देखिएको बजार आज घटेको हो ।
नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० ७.३३ अकंले घटेर २५८८.६२ बिन्दुमा कायम भएको छ । आज २९६ कम्पनीको १ करोड १७ लाख ४९ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९३ करोडको शेयर कारोबार भएको छ ।
बजारलाई अन्य सबै सूचक सकारात्मक हुँदा समेत लगानीकर्ताको आत्मबलमा कमजोर बन्दा बजारमा गिरावट आएको छ । आज बजारमा गिरावट आउँदा ४ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ भने ५ वटा समूहका सूचक बढेका छन्। फाइनान्स समूहमा सबैभन्दा बढी ५.९१ प्रतिशतको गिरावट आएको छ ।
विशेषगरी, बैंक–वित्तीय संस्थाहरूको खराब कर्जा अनुपात बेस्सरी बढ्ने र मुनाफा थप प्रभावित हुन सक्ने हल्ला बजारमा चलेपछि आम लगानीकर्ता फेरि एक पटक ‘पर्ख र हेर’ को अवस्थामा रहेका हुन् । यही कारण पनि बजार अहिले बढ्न सकिरहेको छैन ।
आज बजारमा गिरावट आउँदा पनि बोतलर्स नेपाल बालाजु, विन नेपाल लघुवित्त, मन्दाकिनी हाइड्रोपावर र अपर हेवाखोला हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

































