National life
cg eloctronics

संसद्‌मा रास्वपा र राप्रपाको विरोध कायमै, सरकारले दमनकारी शैली देखाएको आरोप

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ साउन २०८२, बिहिबार
548Shares
संसद्‌मा रास्वपा र राप्रपाको विरोध कायमै, सरकारले दमनकारी शैली देखाएको आरोप
ncell

काठमाडौँ । भिजिट भिसा प्रकरणको छानबिन हुनुपर्ने माग राख्दै रास्वपा र राप्रपाले (आज) बिहीबार पनि प्रतिनिधिसभा बैठकमा विरोध जनाएको छ।

बिहीबार प्रतिनिधिसभा बैठक सुरु हुने बित्तिकै रास्वपा र राप्रपाका सांसदहरूले उठेर विरोध जनाएका हुन्। उनीहरूले भिजिट भिसा प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने माग राख्दै निरन्तर सदनमा विरोध गरिरहेका छन् ।

रास्वपा र राप्रपाका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद डा.तोसिमा कार्कीलाई बोल्न समय दिएका थिए। सांसद कार्कीले वर्तमान सरकार दमनकारी शैलीमा राज्य चलाउन खोजेको आरोप लगाएकी छिन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सुशासनको बाचा गर्ने सरकारले जनताका पक्षमा लड्नेहरूलाई कारागार पठाउने र भ्रष्टाचारमा मुछिएकाहरूलाई स्याबासी दिने काम गरेको उनले बताए । उनले भिजिट भिसा प्रकरणमा छानबिन गर्नुपर्ने व्यक्ति कै संयोजकत्वमा बनेको समिति मान्य नहुने भन्दै आन्दोलन निरन्तर रहेको धारणा राखिन्। सांसद कार्कीले आफूहरूले निरन्तर विरोध गर्दा पनि संसद् चलाइएकोप्रति आपत्ति जनाए ।

त्यस्तै राप्रपाका सांसद दीपकबहादुर सिंहले भिजिट भिसा प्रकरणमामा संसदीय छानबिन समिति गठन नभएसम्म राप्रपाको आन्दोलन जारी रहने बताए ।

उनीहरूले दुवै दलका मागअनुसार समिति गठन नभएसम्म आन्दोलन नछाड्ने अडान दोहोर्याए। भाषणपछि दुवै सांसद बैठक बहिष्कार गर्दै संसद्बाट बाहिरिएका छन्।

लगातारको विरोधबीच पनि संसद् बैठक नियमित रूपमा चलिरहेको छ, तर दुवै दलको असहयोगका कारण कार्यव्यवस्था र विपक्षी भूमिकामा तनाव कायमै छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
548SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?