National life

समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका सञ्चालकसँग राष्ट्र बैंकद्वारा फेरी स्पष्टीकरण माग

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|१७ फागुन २०८२, आइतबार
1.8kShares
समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका सञ्चालकसँग राष्ट्र बैंकद्वारा फेरी स्पष्टीकरण माग
ncell

काठमाडौं। समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका पूर्व सञ्चालकहरूसँग नेपाल राष्ट्र बैंकले पुनः स्पष्टीकरण माग गरेको छ। यसअघि पठाइएको पत्रको जवाफ प्राप्त नभएपछि केन्द्रीय बैंकले दोस्रो पटक स्पष्टीकरण सोधेको हो।

राष्ट्र बैंकले बैंकका तत्कालीन सञ्चालक समितिका अध्यक्ष डा. ओमप्रकाश मिश्रसहित सदस्यहरू युवराज अधिकारी, उषा कुमारी भण्डारी, टंकबहादुर बस्नेत र निसार अहमद दर्जीलाई लक्षित गर्दै स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनीहरूलाई सञ्चालक पदबाट हटाउनु नपर्ने ठोस आधार भए १० दिनभित्र लिखित जवाफ बुझाउन भनिएको छ।

यसअघि राष्ट्र बैंकले गत असोज २८ गते १५ दिनको समयसीमा दिँदै स्पष्टीकरण माग गरेको थियो। तर सम्बन्धित व्यक्तिहरूबाट कुनै प्रतिक्रिया नआएपछि पुनः प्रक्रिया अघि बढाइएको जनाइएको छ।

कर्णाली डेभलपमेन्ट बैंकलाई नेपाल राष्ट्र बैंकले २०८१ साल पुस १० गतेदेखि समस्याग्रस्त घोषणा गरेको थियो।

यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?