National life
cg eloctronics

समाचार हटाउन र थप नलेख्न अदालतले दिएको आदेशप्रति प्रेस सेन्टरको ध्यानाकर्षण

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ जेठ २०८२, बुधबार
619Shares
समाचार हटाउन र थप नलेख्न अदालतले दिएको आदेशप्रति प्रेस सेन्टरको ध्यानाकर्षण
ncell

काठमाडौंं । प्रेस सेन्टर नेपालले दुई सञ्चारमाध्यमको समाचार हटाउन र पत्रकारमाथि पक्राउ पुर्जी जारी भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपालखबर डटकम र बिजमान्डू डटकममा प्रकाशित समाचार हटाउन र थप नलेख्न जिल्ला अदालत काठमाडौंले दिएको आदेशप्रति प्रेस सेन्टरले ध्यानाकर्षण भएको जनाएको हो ।

यस्तै जिल्ला अदालत काठमाडौंबाटै पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी हुनु प्रेस स्वतन्त्रताको गम्भीर उल्लघंन भएको संगठनका महासचिव मनोज घर्तीमगरद्वारा बुधबार जारी विज्ञप्पितमा उज्लेख छ ।

समाचारका विषयमा नियामक निकाय प्रेस काउन्सिल हुँदाहुँदै अदालतमा मुद्दा दायर गरिनु र अदालतले संवैधानिक र कानुनी अधिकारलाई बिर्सेर समाचार हटाउन तथा आगामी दिनमा नलेख्न आदेश दिनु लोकतन्त्र र प्रेस स्वतन्त्रताको गम्भीर हनन् भएको प्रेस सेन्टरको ठहर छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

‘स्वतन्त्र न्यायालयबाट पटक–पटक यस किसिमका आदेश हुनु, समाचार प्रसारण गरेकै कारण पत्रकारहरुलाई पक्राउ पुर्जी जारी गर्नु संयोगमात्रै मान्न सकिँदैन’, विज्ञप्तिमा भनिएको छ ।

यसको जिम्मेवारी सरकार, गृहन्त्री र गृह प्रशासन लिनुपर्ने भन्दै सेन्टरले पत्रकार पाठकलाई पक्राउको तयारीबाट पछि हट्न आग्रह गरेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
619SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?