National life

सांग्रिला डेभलपमेन्ट बैंकको २०औँ वार्षिक साधारण सभा सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ पुस २०८१, सोमबार
1.1kShares
सांग्रिला डेभलपमेन्ट बैंकको २०औँ वार्षिक साधारण सभा सम्पन्न
ncell

काठमाडौं । यस सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २०औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

सोमबार, बालुवाटारमा सम्पन्न भएको साधारणसभाले बैंकको चुक्ता पूँजीको ३.६५१६ प्रतिशत बोनस सेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्ता पूँजीको ०.१९२२ प्रतिशतले हुन आउने रकम नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो प्रस्ताव पारित भएसँगै सांग्रिला डेभलपमेन्ट बैंकको चुक्ता पूँजी तीन अर्ब पचपन्न करोड बैसट्ठी लाख पचपन्न हजार सात सय उन्नाइस रुपैयाँ पचपन्न पैसा पुगेको छ ।

साधारण सभाले आ.व.०८०/८१ को वित्तीय विवरणसहित लेखा परीक्षकको नियुक्ति, प्रवन्धपत्र संशोधन, मर्जर तथा प्राप्तिलगायतका प्रस्ताव समेत पारित गरेको छ ।

आम नागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा साग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर ११२ शाखा कार्यालय, ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ ।

यसका साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको यस बैंकले आगामी दिनमा यसलाई अझ सशक्त बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गर्दछ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?