National life

साउनको पहिलो कारोबार : शेयर बजार २८७४ को बिन्दुमा, १६ अर्बको ऐतिहासिक कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ साउन २०८२, बिहिबार
562Shares
साउनको पहिलो कारोबार : शेयर बजार २८७४ को बिन्दुमा, १६ अर्बको ऐतिहासिक कारोबार
ncell

काठमाडौं । साउन महिनाको पहिलो कारोबार तथा यस साताको अन्तिम कारोबारका दिन आज शेयर बजारमा उच्च अंकले वृद्धि भएको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७९.८२ अकंले बढेर २८७४.६० बिन्दुमा पुगेको छ।

Royal Enfield
nic asia capital
यो केही महिना यताकै उच्च बढोत्तरी हो। आज ३११ कम्पनीको ३ करोड ८६ लाख ३४ हजार कित्ता शेयर किनबेच हुँदा १६ अर्ब ५९ करोड २१ लाख रुपैयाँको कारोबार भएको छ ।

आज १३ वटै सूचकमा हरियाली देखिएको छ। बिहीबार बैंकिङ समूहको १.९७ प्रतिशत, विकास बैंक समूहको २.०५ प्रतिशत, फाइनान्स समूहको ३.०६ प्रतिशत, होटल तथा पर्यटन समूहको २.८० प्रतिशत, हाइड्रोपावर समूहको ३.१५ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ३.३३ प्रतिशतले शेयर मूल्य बढेको छ।

आजदेखि मौद्रिक नीति कार्यान्वयनमा आएपछि शेयर बजारमा तीव्र वृद्धि देखिएको हो। गभर्नर डा.विश्वनाथ पौडेलको नेतृत्वमा सार्वजनिक भएको यो पहिलो मौद्रिक नीतिले बजारमा बुल ल्याएको हो। मौद्रिक नीतिमा अर्थतन्त्रलाई सक्रिय बनाउने उद्देश्यसहित लचकता देखाइएकाले पूँजी बजारले सकारात्मक प्रतिक्रिया दिएको छ ।

मौद्रिक नीति मार्फत शेयर धितो कर्जाको सीमा १५ करोड रुपैयाँबाट बढाएर २५ करोड रुपैयाँ पु¥याउने निर्णयका कारण लगानीकर्ताको मनोबल उच्च भएको छ । आज नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी रुपैयाँको कारोबार भएको छ । कम्पनीको ८१ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, बुटवल पावर कम्पनीको ६० करोड दुई लाख रुपैयाँ, राधि विद्युत कम्पनीको ५६ करोड १० लाख रुपैयाँ, सानिमा माई हाइड्रोपावरको ४१ करोड रुपैयाँको कारोबार भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
562SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?